विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन्।
प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा, संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताएका छन् ।
उनले ०७४ कै निर्वाचनपछि पाँच वर्षका लागि प्रधानमन्त्री बन्नसक्ने अवस्था भएको बताए। ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’ प्रचण्डले भने।
अहिले समाजले चाहेको आर्थिक विकास र समृद्धि भएको उनले बताए। ‘देशमा राजनीतिक स्थायीत्व आवश्यक छ,’ प्रचण्डले भने, ‘अबको दशक समृद्धिको दशक हो। अबको क्रान्ति आर्थिक क्रान्ति हो।’
जनमत निर्माण गर्ने काम मुख्य भएको प्रचण्डले बताए।