विराटनगर । हाम्रोमत दैनिकका सम्पादक अर्जुनकुमार आचार्य ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित भएका छन् । दुई दिन अगाडि राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले आचार्यलाई प्रदेश १ बाट अवार्ड प्रदान गरेको हो ।
आचार्यले सम्मान पत्रसहित २० हजार राशिको पुरस्कार पाएका छन् । रोटरीले वातावरण, स्वास्थ्य, आर्थिक, शिक्षा, महिला विधामा कलम चलाउने अन्य चार जना पत्रकारलाई भने २५ हजार रुपैयाँ राशिसहितको सम्मान प्रदान गरेको छ ।
जसमा स्वास्थ्यतर्फ प्रवीण ढकाल, आर्थिकतर्फ शरदचन्द्र भण्डारी, शिक्षातर्फ शेषकान्त पण्डित, महिलातर्फ दुर्गा देवकोटा र वातावरण तर्फ मिथिलेश यादव रहेका छन् ।
रोटरीले सात प्रदेशमा १/१ जना पत्रकारलाई २० हजार राशिको पुरस्कार पनि प्रदान गरेको थियो ।
प्रदेश १ बाट आचार्य छन् भने मधेस प्रदेशबाट नेहा झा, बागमती प्रदेशबाट नवराज छत्कुली, गण्डकी प्रदेशबाट कोपिला कँडेल, लुम्बिनी प्रदेशबाट डिलाराम भुसाल, कर्णाली प्रदेशबाट सरिता चलाउने र सुदूरपश्चिम प्रदेशबाट हरिष विक सम्मानित भएको रोटरी क्लबले जनाएको छ ।
उनीहरूलाई रोटरी इन्टरनेशनल डाइरेक्टर इलेक्ट पीडीजी अनिरुद्ध राय चौधरी तथा पिडिजी राजीव पोखरेलले सम्मानित गरेका हुन् ।