राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

विराटनगर । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सहज जीवनयापनका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएको थियो ।

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको कार्कीले बताए ।

असोज ७ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

आइतबार, ०९ असोज, २०७९, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर