विराटनगर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरस संक्रमणका कारण शारीरिक समस्या बढेको छ । संक्रमणका लक्षणहरु खराब भएपछि उहाँलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ ।
प्रधानमन्त्री जोनसनलाई उहाँको चिकित्सकहरूको टोलीको सल्लाहमा आइसियु (इन्टेनसिभ केअर युनिट) कक्षमा सारिएको र उनको राम्रो हेरबिचार भइरहेको बताएका छन् । प्रधानमन्त्री जोनसन आइतबार अस्पताल भर्ना हुनुभएको थियो ।
महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ ।
प्रधानमन्त्री जोनसनमा मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण भएको थियो । लगतै क्वारेन्टाइनमा बस्नुभएका उहाँको स्वास्थ्यमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको हो ।
देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छस् ूकोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए।
आवश्यकता परेको खण्डमा प्रधानमन्त्री भेन्टिलेटरमा राख्न पर्ने अवस्था आउनसक्नेसमेत बताइएको छ ।