संखुवासभा । विश्व सरसफाइ दिवस नेपालमा पनि विभिन्न ठाउँमा सफाइ कार्यक्रम गरिएको छ । संखुवासभा जिल्ला चैनपुर नगरपालिका मा रहेको सिद्धकाली मन्दिर परिसर युवाहरुले सरसफाइ गरेका छन । अभियानमा मेचीमहाकाली सफाइ अभियान का संखुवासभा जिल्ला संयोजक सरोज कोइरालाले अभियानको बारेमा प्रकाश पारेका थिए । ।
अभियान केभिडको कारणले रोकिएको थियो । अभियानले फेरि पहिलाकै रूप लिने र युवाहरूलाई समाजमा घुलमिल गराउने, स्थानीयस्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थानको प्रचार प्रसार गराउने र युवाहरुलाई आत्मनिर्भर गराउन विभिन्न तालिम आयोजना गराउने कोइरालाले बताए ।
उनले स्थानीय कच्चापदार्थ उपयोग गरि स्थानीय उत्पादनमा नमुना जिल्ला संखुवासभालाई बनाउने योजना रहेको बताए । अभियान हप्ताको १ दिन २ घण्टा समाजको लागि जसले सामाजिक भाईचारा स्थापित हुने उनले बताए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!