विराटनगर । सरकारले विराटनगर विमानस्थलको जग्गा अधिग्रहण नगर्ने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले करिब १२७ बिघा(१२६.४६ बिघा) जग्गा अधिग्रहण गर्ने भन्दै रोक्का गरेको थियो ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले तत्कालीन ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गतेको गरेको निर्णय खारेज गरिदिए पछि जग्गा फुकुवा गर्ने बाटो खुलेको छ ।
मन्त्रिपरिषद्को शुक्रवारको निर्णयमा भनिएको छ, नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७।०७।२७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६।४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।
लामो समय सम्म जग्गा अधिग्रहण गर्न भन्दै जग्गा रोक्का गरेपनि सरकारले मुआब्जा भने दिएको थिएन । जग्गा अधिग्रहण मात्रै गरेको मुआब्जा नदिएको भन्दै जग्गाधनीहरूले पटक पटक आन्दोलन समेत गरेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!