सर्वोच्च जान सरकारले रोकेको चोलेन्द्रको आरोप

सर्वोच्च जान सरकारले रोकेको चोलेन्द्रको आरोप

विराटनगर । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट सरकारले रोकेको आरोप लगाएका छन् ।
उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् ।

राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।

संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् । उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्