विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेशसभा सचिवालयलाई बुझाएका छन् । सोमबार नेता कोइरालाले आफूले प्रयोग गरी आएको को.१ झ ६५४ नम्बरको सवारी बुझाएका हुन् ।
संघीय सांसदको उम्मेदवारमा नाम सिफारिस भएपछि गाडी प्रदेशसभा सचिवालयलाई बुझाएको उनले बताएका छन् ।
निर्वाचन आइरहँदा त्यसको तयारीमा लाग्नु पर्ने भएकाले दुरुपयोगको आरोप नलागोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी बुझाएको उनको भनाइ रहेको छ ।
कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट संघीय सांसद एवं सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुङ्गानाको नाम पनि सिफारिस भएको छ ।
।
कोइराला २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट १७ हजार ८ सय ९२ मतसहित विजयी भएका थिए । उनले नेकपा एमालेका रामप्रसाद महतोलाई १ हजार ४ सय १७ मतको अन्तरले पराजित गरेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!