विराटनगर । विराटनगरमाविद्यालय नाटक महोत्सवसुरु भएको छ । आयोजकआरोहण–गुरुकुलविराटनगरले नाटक साँढे मञ्चन गरेर महोत्सवको शुरुवात गरेको हो ।
हाटखोलास्थित सुशीलाकोइराला नाटकघरमाआगामीभदौ ३१ गतेसम्महुने महोत्सवमाबिहिबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चनहुनेछन् । दैनिकअपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चनहुने आयोजकआरोहण विराटनगरकाअध्यक्ष भैरव क्षेत्रीले बताए ।
बिहिबार भदौ २३ गते मनकामना से.इ.बो. स्कूलले उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चलविद्या सदन से.इ.बो. स्कूलले अँधेरी नगरी, भदौ २५ गते बुढानिलकण्ठ से.इ. स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७गते सुम्निमा इ. स्कूलले भविष्यनिर्माण मञ्चनगर्नेछ ।
त्यस्तै भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोहीनिकबर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिमदिनश्री श्री रविशंकर विद्यामन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चनगर्नेछ । बुधबार आयोजकले मञ्चन गरेको नाटकमा विकास पराजुली, भरत कार्की, देवेन्द्र यादव, समिक्षादाहाल, प्रदिपदाहाल, अजय सुवेदी, लकेश दंगाल, मन्तोष यादव, राजेश ठाकुर, रिया सिग्देल, प्रितीउपाध्याय, प्रतिक्षान्यौपाने, अमनलगायतले अभिनय गरेकाथिए ।
गुरुकुलकाविद्यार्थी अशोक गौतमको निर्देशनतथा सविन भट्टराई र देवेन्द्र यादवको सह निर्देशनमाभिमनिधितिवारीकृत साँढे तयार पारिएको हो । त्यसअघिअध्यक्ष भैरव क्षेत्रीतथाविराटनगर महानगरपालिकाकाप्रमुखनागेश कोइरालाले पानसमाबत्तिबालेर संयुक्त रुपमामहोत्सवको उद्घाटन गरे ।
महोत्सवमा सहभागीहुनकालागिआवेदनदिएकाविद्यालयमध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथाप्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागीविद्यालयले शिक्षकतथाविद्यार्थीको निर्देशनमातयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!