विराटनगर । भिरा इनकर्पोेरेशन प्रालि दमकले आफ्नो प्रथम वार्षिक उत्सव आइतबार सम्पन्न गरेको छ । उक्त बार्षिकोत्बसका अवसरमा भिरा इनकर्पोेरेशन प्रालिले कम्पनी र डिलरमा उत्कृष्ट विभिन्न विधामा काम गर्ने कर्मचारीहरूलाई पुरस्कार समेत वितरण गरेको छ ।
पुरस्कृत हुनेहरूमा कम्पनीको वाटर पिउरी फायर तर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारी वविता श्रेष्ठ डिलरतर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारीहरू चिनारी सप्लार्यस बिर्तामोडका धन बहादुर बुढाथोकी, एम एस सप्लार्यस दमककी वविता श्रेष्ठ यस्तै पथरीका राजु प्रधान विराट चोकका विकास भण्डारी होम प्लस इटहरीका फनिन्द्र प्रसाद पौडेल धरानका गौरव खड्का र एम एस इन्टरप्राइजेजका चिम्नीतर्फका सर्वश्रेष्ठ कर्मचारी अनिष थापा रहेका छन् ।
यस्तै संस्था स्थापना काल देखि हालसम्म रहेर कम्पनीलाई योगदान दिइरहेका कर्मचारीहरू रोशन सापकोटा उत्कृष्ट टिम लिडरको भूमिका निर्वाह गरिरहेकी कङ्गना राई र संस्थाको उत्कृष्ट व्यवस्थापक भूपाल बस्नेत पुरस्कृत भएका छन् ।यसैगरी पुरस्कार पाउनेमा विराटनगर डिलरका सेल्स एसोसिएट्स इन्द्र जोशी रहेका छन् भने टेक्निसियनहरु सन्दीप कार्की डी बि पुलामी मगर कुशल सत्याल र दुर्गा निरौला रहेका छन् ।
वार्षिक उत्स कार्यक्रममा कम्पनीका सञ्चालकहरू तुल विक्रम बस्नेत र बबिन बस्नेतले भिरा इनकर्पोेरेशन र एम एस इन्टरप्राइजेजले अहिले सम्म गरेको प्रगति र भावी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।भिरा इनकर्पोेरेशनले एक वर्षको अवधिमा प्रदेश १ मा ७ स्थानमा आफ्नो डिलरहरू सञ्चालनमा ल्याएर सेवा विस्तार गरिरहेको छ भने एमएस इन्टरप्राइजेजले लगभग २ सय काउन्टर बनाएको छ । ग्राहकहरूको माग अनुसार दक्ष जनशक्ति मार्फत काम गरिरहेको कम्पनीले प्रबन्ध निर्देशक मोहन बस्नेतले बताए ।
पछिल्लो समय सार्वजनिक स्थानहरूमा थुप्रिएको फोहोरले गर्दा पनि पानीको मुहानहरू प्रदूषित भइरहेका छन् जसले हैजाको जोखिम बढाइरहेको छ यस्ता खालका विभिन्न रोगहरूको न्यूनीकरणको लागि पनि वाटर प्युरी फायरको उपयोग गर्न आवश्यक भएको कम्पनीका सञ्चालक विक्रम बस्नेतले बताए ।
भिरा इनकर्पोेरेशन प्रालि प्रदेश १ को केन्ट वाटर प्युरी फायर , सिजी चिम्नी, इलीका चिम्नीको आधिकारिक वितरक भएर विगत २ वर्ष देखि काम गर्दै आएको छ । छोटो समयमा प्रदेश १ मा नम्बर कम्पनी बन्न सफल भएको कम्पनीको दाबी रहेको छ ।
यस कम्पनीले आफूले जडान गरेका वाटर प्युरी फायर तथा चिम्नी मर्मत गर्नु पर्दा २४ घण्टाभित्र सर्भिस दिने भएकाले, व्यवस्थित वितरण प्रणाली चुस्त दुरुस्त, व्यवस्थापन पक्ष र सक्षम जनशक्ति भएकाले नम्बर १ भएको कम्पनीका अर्का सञ्चालक बबिन बस्नेतले बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!