सुन्दरहरैंचा । नेपाल मगर संघको सुन्दरहरैंचाको दोस्रो अधिवेशनले डम्बर बहादुर थापा मगर अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा उपाध्यक्ष सन्तोष आले मगर, सचिव रामकुमार मगर, कोषाध्यक्ष, सविमाया राना मगर, सहसचिवचन्द्र बहादुर मगर, सदस्यहरू, विष्णु बहादुर मगर, सुरज मगर, उर्मिला मगर, रिता मगर, सुमित्रा मगर, मोतीबहादुर मगर, ललिता थापामगर, सल्लाहकार सिता मगर निर्वाचित भएको निवर्तमान कोषाध्यक्ष, कुलबहादुर मगरले बताए ।
कार्यक्रम सुन्दरहरैंचा नेपाल मगर संघको नगर समितिका अध्यक्ष कृष्णबहादुर मगरको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली देवी चौधरीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । अधिवेशनमा वडा नं।७ का वडा अध्यक्ष भुवन सिंह आले मगर, नेपाल मगर संघ मोरङ जिल्लाका समितिका अध्यक्ष टिका पिठा कोटे मगर लगायतको उपस्थिति रहेको थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!