विराटनगर । प्रतिनिधिसभामा मोरङको क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको नाम लाई सर्वसम्मत सिफारिस भएको छ ।
आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव , धर्मलाल माझी , सुनिता सरदार , डोल्मा राजवंशी र शोभित चौधरीको नाम सिफारिस गरेको छ ।
यसै गरी सोही क्षेत्रको प्रदेश सभाको (क) मा प्रत्यक्षतर्फ विजय विश्वास थारु , पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समानुपातिक तर्फ केवल राई , सूर्य नारायण मुडियारी , ध्यानबहादुर वन , उमालाल मण्डल खवास , कुसन सरदार र सुनिलकुमार भगत सिफारिस भएका छन् ।
यस्तै मोरङ ४(ख) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे , ताजिम अन्सारी , किशोरकुमार पाण्डे र दिनेशकुमार राजवंशी सिफारिस भएका छन् ।
समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्री अछामी , अञ्जना पोखरेल , सावित्री गौतम , मनकुमारी गिरी गुरागाईँ , बिन्दि मिश्रा, ज्ञानबहादुर कार्की , ओमनाथ पौडेल , अशोक शर्मा , प्रवीण गौतम , तुलसी आपागाँई , रँगनाथ चापागाईँ , पन्चु पासवान , सरस्वती ओझा र इन्दुकला भट्टराई सिफारिस भएका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!