प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ४ बाट विनोद ढकालको नाम सिफारिस

प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ४ बाट विनोद ढकालको नाम सिफारिस

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफरीस भएको छ ।

क्षेत्र नम्बर ४ (क) प्रदेशशभामा प्रत्यक्षतर्फ नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविन कुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेसहित ७ जना रहेका छन् । उक्त क्षेत्रबाट समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस भएको जनाइएको छ ।

क्षेत्र नम्बर ४ कै प्रदेशसभा (ख) मा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित ७ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले घिमिरेसहित ईश्वर प्रसाद निरौला, कौशिला बन्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम सिफारिस गरेको जनाइएको छ । कार्की हाल नेकपा एमाले मोरङको उपाध्यक्ष हुन् ।

समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको समन्वय कमिटीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्