बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा शनिवार पहिलो किरात राजा यलम्बरको सालिक अनावरण गरिएको छ ।
सालिकको प्रदेश १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बु र वन वातावरण तथा भूसंरक्षण मन्त्री मन्त्री शेखरचन्द्र थापाले रिबन काटेर सालिकको अनावरण गरेका हुन् । कार्यक्रममा प्रदेश १ का सांसद लोकप्रसाद सङ्ग्रौला,बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा, बेलबारी ११ का अध्यक्ष विक्रम बान्तवा राई,बेलबारी ६ का अध्यक्ष टेकबहादुर राई,किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई लगायत जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बेलबारी ११ लक्ष्मी मार्गमा किरात राई यायोख्खा लक्ष्मीमार्गले यलम्बरको सालिक सहित पार्क निर्माण गरेको बेलबारी ११ का वडाध्यक्ष तथा किरात राई यायोख्खा लक्ष्मी मार्गका उपाध्यक्ष विक्रम बान्तवा राईले जानकारी दिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!