विराटनगर । मजदुर संगठनमा लामो समयदेखि क्रियाशील तथा सामाजिक अभियन्ताको रुपमा परिचित युवा नेतृ निलम ढुंगेललाई नेकपा एकीकृत समाजवादीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ ।
नेकपा एसको मोरङ उपसचिव तथा एकीकृत ट्रेड युनियन प्रदेश १ को अध्यक्षको जिम्मेवारीमा रहेकी ढुंगेल सामाजिक क्षेत्रका विविध क्रियाकलापमा सक्रिय छन् । युवाहरुलाई उत्प्रेरण तालिम तथा अधिकारका विषयका कार्यक्रम मार्फत जागरण गराउदै आएकी ढुंगेल युवाहरुलाई राजनीतिमा अग्रसर गराएर देश निर्माणको जिम्मेवारी दिनुपर्ने बताउँछिन् ।
‘देश बनाउने जिम्मेवारी युवाहरुको काँधमा हुनुपर्छ त्यसैले राजनीतिक अवसर युवाहरुलाई नै दिनुपर्छ,’ ३४ वर्षे युवा ढुंगेलले भनिन् ‘पार्टीले विश्वास गरेर उम्मेदवारको रुपमा सिफारिस गरेको छ र यसलाई जनताले अनुमोदन गर्नुभयो भने त्यो जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्नेछु ।’


2 प्रतिक्रियाहरू
अत्यन्त सुन्दर विचार हजुरको निलम जि🙏
शुभकामना चेलि