विराटनगरमा पेट्रोलियम पदार्थ पर्याप्त

मार्चमा कोटाभन्दा थप १ हजार ६ सय मेट्रिकटन ग्याँस आयात

विराटनगर । पेट्रोलियम पदार्थ प्रयाप्त मात्रमा मौज्दात रहेको नेपाल आयल निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयको भण्डारणमा १ नम्बकर प्रदेशका १० जिल्लासहित २ नम्बर प्रदेशका सिरहा र सप्तरी जिल्लालाई समेत अढाई महिना पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको जनाएको हो ।

निगमको प्रादेशिक कार्यालयमा हाल ८५ प्रतिशत पेट्रोलियम पदार्थ डिपोमा भण्डार छ । अहिलेको अवस्थामा सुरक्षा निकायका गाडी, एम्बुलेन्स र अन्य केही अति आवश्यक सवारीसाधनलाई मात्र तेल वितरण भइरहरेको छ ।

डिपोमा प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थ भएको र नाकाबाट पनि आइरहेकाले अहिले साविकको मात्रमा थप ट्याङ्करहरू भारत पठाउन समस्या भएको निगमका प्रादेशिक कार्यालय विराटनगरका सहायक प्रबन्धक पर्शुराम अधिकारीले जानकारी दिनुभयो ।

ग्याँस पनि पर्याप्त

विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति पनि प्रयाप्त मात्रमा रहेको जनाएको छ । सामान्य अवस्था भन्दा लाकआउनका समयमा थप परिमाणमा एलपी ग्याँस आयात गरिएकाले बजारमा खाना पकाउने ग्याँस आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ ।

निगमले मार्च महिनामा मोरङ, सुनसरीका पाँच वटा ग्याँस कम्पनीका लागि ७ हजार १ सय ७५ मेट्रिकटन ग्याँस आयात गरेको छ । कार्यालयका सहायक प्रबन्धक अधिकारीले समान्य अबस्थामा मासिक ५ हजार ५ सय मेट्रिकटन ग्याँस आयात गर्दै आएकोमा मार्च महिनामा थप १ हजार ६ सय मेट्रिकटन ग्याँस आयात गरिएको जानकारी दिनुभयो ।

आइतबार, २३ चैत, २०७६, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर