दैनिक करिव एक लाख जना नयाँ संक्रमित, ६४ हजारबढीको मृत्यु

 

विराटनगर । कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिन थालेको छ । एक दिनमा झण्डै एक लाख जनामा नयाँ संक्रमण हुन थालेको छ । शनिबार बिहान संक्रमितको संख्या ११ लाख पुगेकोमा आइतबार बिहानसम्म आउँदा त्यो संख्या बढेर १२ लाख नाघेको छ ।

संक्रमणसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । भाइरसका कारण अहिलेसम्म ६४ हजार ६९१ जनाको ज्यान गइसकेको छ ।

ज्यान गुमाउनेहरुमा इटलीका धेरै छन् । अहिलेसम्म इटलीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ भने स्पेनमा ११ हजार ९४७ र अमेरिकामा ८ हजार ४५२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन एक हजार ४८ जनाको मृत्यु भएको छ । फ्रान्समा एक हजार ५३ जनाले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५१७ जनाको भाइरस संक्रमणबाट मृत्यु हुनपुग्यो ।
विश्वमा १२ लाख संक्रमित हुँदा अमेरिकामा ३ लाख ११ हजार ३५७ जना छन् । यो कुल संक्रमित संख्याको २५ प्रतिशत हो ।

अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार, २३ चैत, २०७६, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर