काठमाडौँ विश्वविद्यालयको विस्तारित शैक्षिक कार्यक्रम अब विराटनगरमा

विराटनगर । गुणस्तरीय शिक्षामा सधैँ कट्टीवद्घ रहेको काठमाडौँ विश्वविद्यालयले विस्तारित शैक्षिक कार्यक्रम प्रदेश १ मा ल्याएको छ । राष्ट्रलाई र अन्तर्राष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो ।

काठमाडौँ विश्वविद्यालयले विराटनगरस्थित एस्पाएर कलेजबाट कक्षाहरू सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको चाहना अनुरूपका शैक्षिक कार्यक्रमहरू सहित विश्व स्तरीय शिक्षा प्रदान गरिरहेको काठमाडौँ विश्वविद्यालयले नेपाल र अन्तर्राष्ट्रिय बजारका माग र आवश्यकताका आधारमा शैक्षिक कार्यक्रमहरू लिएको बताएको छ ।

काठमाडौँ विश्वविद्यालयले यही नयाँ शैक्षिक सत्र वाट चार वर्षै स्नातकमा बी टिएच बि एड, आइटीको कार्यक्रम ल्याएको छ । यस्तै बेपिएच कार्यक्रमहरू विराटनगरस्थित एस्पाएर कलेजबाट सञ्चालन हुने भएको अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयको विस्तारित कार्यक्रमका रूपमा एस्पाएर कलेजले नताक कार्यक्रम भएकाले यस कार्यक्रममा भर्ना हुन प्लस टु उत्तीर्ण हुनु विद्यार्थीले अध्यापन गर्न पाउनेछन् । नतिजा पर्खिरहेका विद्यार्थीहरूले आवेदन दिन पाउने कलेजले जनाएको छ ।

मङ्गलबार, २८ असार, २०७९, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर