१७ जना स्वास्थ्य स्वयंसेविका सम्मानित 

विराटनगर । स्वास्थ्य कार्यालय मोरङले १७ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मोरङका १७ वटा स्थानीय तहका १/१ जना उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई मंगलबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
स्थानीय स्तरमा पुगेर उत्कृष्ट काम गर्ने मोरङका एक पालिका एक राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । यसरी सम्मानित हुनेहरूमा मिक्लाजुङ गाउँपालिकाकी शर्मिला भण्डारी, लेटाङ नगरपालिकाका शान्ता राई, केराबारी गाउँपालिकाकी हर्क माया भण्डारी, रतुवामाइ नगरपालिकाकी गीता राजवंशी, सुन वर्षीकी निर्मला उप्रेती, रंगेली नगरपालिकाकी रिता देवी झालाई सम्मान गरिएको छ । यस्तै ग्रामथानकी चन्दा थारु, बुढीगंगाकी जमुना कुमारी माझी चौधरी, धनपालथानकी कला देवी  सरदार, जनदाकी रिता देवी मण्डल, कटहरिकी सीता देवी मण्डल, पथरीशनिश्चरेकी वर्षा भण्डारी, उर्लाबारीकी दिक माया लिम्बु,  कानेपोखरीकी इन्दिरा दाहाल, बेलबारीकी तेज कुमारी बस्नेत, सुन्दरहरैचा की सुशीला सिंह र विराटनगर महानगरपालिकाकाकी हिंसा देवी सरदारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूलाई प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
महिला स्वयंसेविकाहरू २०४६ सालदेखि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोरङ स्वास्थ्य कार्यालय मोरङका खोप शाखा प्रमुख कन्हैया साहले बताए ।
मङ्गलबार, २८ असार, २०७९, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर