भारतमा शुक्रबार १६ को मृत्यु, संक्रमितको संख्या ३ हजार

भारतमा कोरोना भाइरसको संक्रमण आक्रामक रुपमा विस्तार हुन थालेको छ । संक्रमणबाट भारतमा शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएपछि पहिलो पकट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको हो । योसँगै संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या ८५ पुगेको छभ भने संक्रमितको संख्या ३ हजार ८२ छ ।

शुक्रबार भारतमा ५०२ जना नयाँ संक्रमित भेटिएका छन्। शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेको बताइएको छ ।

शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्र राज्यका हुन् भने आन्द्र प्रदेश, मध्य प्रदेश, हरियाणा, कर्नाटका तथा गुजरातबाट एक÷एक जना रहेका छन्। यस्तै दिल्ली र तेलाङ्गनामा २÷२ जनाको मृत्यु भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले बितेका दुई दिनमा देशमा भेटिएका ६४७ संक्रमित नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभासँग प्रत्यक्ष रअप्रत्यक्ष जोडिएका मानिसहरू भएको जनाएको छ। एजेन्सीको सहयोगमा

शनिबार, २२ चैत, २०७६, बिहानको ०९:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर