शिक्षक संघ मोरङको अध्यक्षमा यादव

विराटनगर ।नेपाल शिक्षक संघ मोरङको अध्यक्षमा विनोदकुमार यादव निर्वाचित भएका छन् । संघको नवौं अधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध चुनिएका हुन् ।

विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न अधिवेशनले महिला उपाध्यक्षमा अनुराधा राय, उपाध्यक्षमा सुरेन्द्रराज काफ्लेलाई चयन गरेको छ ।

समितिको सचिवमा बेदुकुमार खतिवडा, सहसचिवमा नरेन्द्रप्रसाद न्यौपाने, सचिव अर्थमा विस्वेश्वरप्रसाद चौधरी, महिला सहसचिवमा भोजकुमारी कार्की, सहसचिव अर्थमा तारादेवी सेडाई, समावेशी सहसचिवमा अरविन्दकुमार यादव र दलवाहादुर मगर चयन भएका छन् । सदस्यहरूमा सुजाता चुडाल, सरिता मण्डल, सीता दाहाल, विनोद खवास, कृष्ण न्यौपाने, केदारकुमार रायमाझी र सुवोध यादव चयन भएको डिपी ढुङ्गेलले जानकारी दिए ।

बिहिबार, १६ असार, २०७९, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर