विराटनगर। सरकारले लिँदै आएको कर कटौती गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
सत्ता गठबन्धनको शनिबार विहान बसेको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको छ।
अब पेट्रोलको मूल्य १७९ कायम भएको छ भने डिजेल–मट्टितेलको १६३ कायम भएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सुझाब दिएको थियो ।