कटहरीको बजेट ५० करोड

विराटनगर ।मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि कूल ५० करोड ४ लाख ४१ हजार ६ सय रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको अधिवेशनमा बिहीबार उपाध्यक्ष सीतादेवी राजवंशीले आगमी आर्थिक वर्षको चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कूल बजेटमध्ये चालु र पूँजीगततर्फ ४० करोड ४७ लाख १३ हजार ६ रुपैयाँ विनियोजन गरेको छ । प्रशासनिक तथा संचालन खर्च ९ करोड ५७ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष राजवंशीले बताइन् ।

खर्च व्यहोर्ने स्रोतमध्ये गाउँपालिकाले आन्तरिक राजश्व परिचालनबाट ६ करोड १३ लाख ७० हजार, संघीय सरकारबाट समानिकरण अनुदान १४ करोड, ४१ लाख, संघीय सरकारबाट सशर्त अनुदान १६ करोड ५२ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट ९ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार राजस्व वाँडफाँड ४५ लाख ६१ हजार ६ सय, संघीय सरकार विशेष अनुदान ८ लाख र संघीय सरकार समपुरक अनुदान २ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा कूल बजेटको ११.१९ प्रतिशत बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा २ करोड ४१ लाख ५० हजार रुपैयाँ बजेट बिनायोजन गरिएको उपाध्यक्ष राजवंशीले बताइन् । पूर्वाधार विकासको क्षेत्रमा गाउँपालिकाले कूल बजेटको ४१ प्रतिशत बजेट बिनायोजन गरेको छ । गाउँपालिका भित्रका पूर्वाधार क्षेत्रमा ८१ वटा योजनाको लागि ८ करोड ६४ लाख ३८ हजार ६ सय रुपैयाँ बिनायोजन गरेको छ । शिक्षा क्षेत्रको समग्र विकास लागि गाउँपालिकालले २ करोड २३ लाख रुपैयाँ बजेट बिनायोजन गरिएको उपाध्यक्ष राजवंशीले बताइन् । शिक्षा क्षेत्रमा बिनायोजन गरिएको बजेट कूल बजेटको १०.३३ प्रतिशत हो । यस्तै कृषिमा ८८ लाख, पशुपन्छी क्षेत्रको समग्र विकासको लागि ५५ लाख ५० हजार रुपैयाँ बजेट बिनायोजन गरेको छ ।

‘शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मूल अधिकार’ नाराको साथ मोरङको कटहरी गाउँपाकिलाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाको प्रथम अधिवेशनमा स्वास्थ्य, पूर्वाधार, कृषि र शिक्षालाई प्राथामिकामा राखेर नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।
कटहरी गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष देवराज चौधरीले बताए ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सम्पूर्ण विद्यालयहरुलाई प्रविधिमैत्री र समावेशी विद्यालयसहितको रुपान्तरित गरिने, स्वास्थ्य केन्द्रहरुलाई प्रविधिमैत्री बनाइने, गाउँपालिकामा १५ शैय्याको अस्पताल बनाउने नीति तथा कार्यक्रममा उल्लेखछ । यस्तै गाउँपालिकाले कृषकहरुको माटो परीक्षण गर्नको लागि माटो परीक्षण ल्याब पनि संचालनमा ल्याउने भएको छ । गहुँ, धान र मकैको उत्पादकत्व बढाउन कृषकहहरूलाई गहु, धान र मकैको बिउमा अनुदान दिने, कृषि तथा पशु विमा कार्यक्रम विस्तार गरिने उल्लेख छ ।
कार्यक्रममा बोल्दै संघीय सांसद अमनलाल मोदीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वयनमा लैजानुपर्नेमा जोड दिए । जनप्रतिनिधिहरुले बनाएको योजना व्यवहारमा कार्यन्वयन गरेर लैजान सकेमात्र समद्ध गाउँपालिका बनाउन सकिने उनले बताए ।
का

र्यक्रममा प्रदेश सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष तथा प्रदेश सांसद बिजय विश्वास, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईलगायतको उपस्थिति थियो ।

शुक्रबार, १० असार, २०७९, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर