शकुन्तला मञ्जरीको ‘निरक्षर योगमाया’ शीर्षकको कविता प्रथम

विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा इटहरीकी कवि शकुन्तला मञ्जरी प्रथम भएकि छिन ।
आइतबार मोरङको झोराहाटस्थित झोराहाट नाट्य घरमा आयोजित प्रतियोगितामा मञ्जरीले ‘निरक्षर योगमाया’ शीर्षकको कविता वाचन गरेर प्रथम स्थान हासिल गरेकि हुन । त्यसैगरी ‘घर’ शीर्षकको कविता वाचन गरेर हेटौडाका कवि बिर्खे अञ्जान द्वितीय र ‘अयोग्य सुन्दरी’ शीर्षकको कविता वाचन गरेर मोरङकी बविता घिमिरे तृतीय भएकि छिन । त्यसैगरी इटहरीकी तारा पराजुली ढकाल र झापाका प्रचुर अभावले चौथो स्थान प्राप्त गरेका छन । ढकालले ‘आमालाई प्रश्न’, र प्रचुर अभावले ‘अनुत्तरित प्रश्न’ शीर्षकको कविता वाचन गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविहरुलाई क्रमशः १२, १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्राज्ञ विवश पोखरेल, साहित्यकार मधु पोखरेल र शुभलक्ष्मी लम्सालको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

आयोजक संस्थाका अध्यक्ष शशिकिरण र ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदारलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन ।
प्रदेश–१ का पूर्वमन्त्री विजय विश्वासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं ‘बर्बरिक’, विराटनगर महानगरपालिकाका मेयरका प्रेस सल्लाहकार समेत रहेका कवि मीनकुमार नवोदित लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जेष्ठ २९, २०७९, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर