स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित केसी माओवादीमा प्रवेश

काठमाडौं । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले केसीलाई स्वागत तथा सम्मान गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेका थिए ।

अध्यक्ष केसी स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएका हुन् । आफू विगतमा पनि माओवादीमा आबद्ध रहेको र माओवादीकै सहयोगमा चुनाब जितेकोले पार्टीमै सक्रिय रहेको केसीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष रहेका केसी माओवादी केन्द्रबाटै उम्मेदवार बन्न चाहेका थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर उनले माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरेका हुन् ।

मङ्गलबार, १७ जेठ, २०७९, दिउँसोको ०२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर