एमाले कार्यकर्ताको उदण्डताः निर्वाचित वडा सदस्यलाई कालोमोसो

सोलुखुम्बु। सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

सोलुखुम्बुको सोताङ गाउँ कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको आरोपमा वडासदस्यमा निर्वाचित जनप्रतिनिधिलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङले कार्यपालिका निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सहयोग गरेको एमालेको आरोप छ । पार्टी गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका थिए ।

पैसाको प्रलोभनमा काङ्ग्रेसलाई मतदान गरेको भन्दै पार्टीले विज्ञप्ति निकालेपछि उनीहरुमाथि दुव्र्यवहार भएको हो । कांग्रेसबाट सोताङ २ का पराजित वडाअध्यक्षका उम्मेदवार उत्तमप्रसाद नाछिरीङले २५ हजार रकम दिएकोले उनीहरुले अन्तरघात गरेको अ ारोप एमालेले लगाएको छ ।

मङ्गलबार, १७ जेठ, २०७९, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर