विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले धरानलाई नेपालकै सबैभन्दा सफा शहर बनाउने अभियानमा लागेको बताएका छन ।
उनले मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै पानीको मुहान दुषित हुँदा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै पानीको मुहानवरपर सफा राख्न महानगरबासीलाई आग्रह गरेका हुन् ।
राईले पानीका मुहान आसपासमा नुहाउने तथा कपडा धुने काम नगर्न महानगरवासीलाई अपिल गरेका छन् ।
उनले भनेका छन्,‘हामी धरानलाई नेपालकै सफा शहरहरूमध्ये एउटा अथवा नेपालकै सबैभन्दा सफा शहर बनाउने अभियानमा लागेका छौँ । अब उप्रान्त हामीले आफ्नो घरअगाडि कुनै किसिमको फोहोरमैला (चाउचाउको खोल, पानीको बोत्तल, सिसाको टुक्रा ) देखिएको छ भने त्यसलाई टिपेर व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सिकौँ ।’
उनले नगरपालिकाले कार्यक्रम पनि ल्याउने समेत बताए ।