बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेश सभामा आज देखी छलफल

विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताका विषयमा आज (मंगलवार) देखि छलफल सुरु हुने छ ।

मंगलवार विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्राथमिकता संसदमा पेश गरेका छन ।

मन्त्री आङ्बोले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार गर्नुपर्ने प्रस्ताव गरेका छन् । मुलुकको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने जिम्मेवारी तीनै तहको सरकारको भएकोले सरकारले कृषि उत्पादनलाई जोड दिने जनाएको छ । कृषिमा आधारित उद्योग र उद्यमहरु स्थापना गर्ने, उत्पादन वृद्धि र उद्यमहरुको बिस्तार गरी नयाँ रोजगारका सम्भावना खोजी गर्ने गरी बजेटले निश्चित दिशा लिने उनले बताए ।

मङ्गलबार, १७ जेठ, २०७९, बिहानको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर