भोटखोला जाने सडक सुचारु

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला सडक खण्ड एक महिनापछि खुलेको छ । खाँदबारी–किमाथांकासडक अन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारको सुख्खा पहिरो हटाएपछि आइतबार बाट भोटखोला जाने सडक खण्ड सुचारु भएको हो ।

मकालु–३ सम्माटारको सुख्खा पहिरो हटाएपछि आइतबारबाट सडक सुचारु भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

लामो समयसम्म बाटो अबरुद्ध हुदा भोटखोलाका स्थानीय नागरिकहरुलाई आवत जावतमा समस्या परेको थियो । सुक्खा पहिरोले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो ।

पहिरोले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्सन निर्माण सेवा प्रालिले हटाएको हो । पहिरो हटाएपछि सोमबारबाट यातायात सुचारु भएको हो ।

मकालु – ३ सम्माटार सडक खण्डमा सुख्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए । सुख्खा पहिरोका कारण बारम्बार सडकखण्ड अवरुद्ध हुने गरेको छ । दैनिक उपभोग्य सामग्रीहरु भरियाले बोकेर भोटखोला पुर्याउनु पर्दा महंगी बढेको थियो ।

 

 

मङ्गलबार, १७ जेठ, २०७९, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर