प्रदेश १ को दशौं तथा बजेट अधिवेशन आजदेखि

विराटनगर । प्रदेश १ को प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आज देखि शुरू हुँदै छ ।

सोमवार बिहान ११ बजेलाई प्रदेश सभा बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

अधिवेशनको पहिलो दिन सोमवार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्दैछ । जेठ २५ मा नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन् ।

हाल प्रदेशसभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ छलफलका क्रममा छन् ।

यस्तै आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश सरकारले १४ वटै जिल्लामा सुझाव संकलन समेत गरेको छ । प्रदेशका मन्त्री तथा सचिवहरु, योजना आयोगका पदाधिकारी गएर सुझाव संकलन गरेका थिए ।

सुझाव संकलनले बजेट बनाउँदा केलाई प्राथमिकता दिने भन्ने समेत स्पस्ट हुने मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए ।

तल्लो तहसम्म पुगेर सुझाव संकलनले बजेटले समेट्न नसकेका योजनाका बारेमा पनि सरकारलाई जानकारी हुने उनले बताए ।

सोमबार, १६ जेठ, २०७९, बिहानको ०९:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर