जहाज दुर्घटना स्थलमा १३ जनाको शव भेटियो

विराटनगर । तारा एयरको जहाज दुर्घटना स्थलमा १३ जनाको शव भेटिएको छ । थाङसाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनका अनुसार शव क्षतविक्षत अवस्था भेटिएको हो । अन्य हराइरहेकाको खोजी कार्य जारी रहेको उनले बताएका छन् ।

‘शव निकाल्ने काम भइरहेको छ । केही चिनिने अवस्था भए पनि धेरैजस्तो क्षतविक्षत अवस्थामा छ’, हराएकाहरुको पनि खोजी कार्य सुरु भएको छ उनले टेलिफोनमा भने, ‘ हिम नदिले बनाएको खाल्डोमा हराएकाहरू हुन सक्ने अनुमान रहेको छ ।
उद्धार टोली घटना स्थल पुगेको छ ।’

र थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । उनका विमान टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्धार टोली घटनास्थलमा पुग्न सफल भएको बताइएको छ ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजी कार्य जारी राखिए पनि सोमबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

सोमबार, १६ जेठ, २०७९, बिहानको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर