पूर्व जनमुक्ति सेना भगत गणतन्त्र दिवसको अवसरमा कैद मुक्त

विराटनगर । सरकारले कैदी जिवन विताईरहेका मोरङ ग्रामथानका झलककुमार भगतलाई कैद मुक्त गरेको छ । गणतन्त्र दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भगतलगायत ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

“संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९–२–१० को बैठकको सिफारिसमा मिति २०७९–२–१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइतबार, १५ जेठ, २०७९, रातीको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर