विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेडब्वाय र हेडगर्ल्समा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी भएका छन् ।
शुक्रबार स्कूलमा भएको निर्वाचनको मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेडब्वायमा निर्वाचित भएका हुन् ।श्रीज्योनी ५२५ मतका साथ विजयी भइन् ।
एभरेष्ट स्कूलले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरेको हो ।
एक वर्षे कार्यकालको लागि आफ्नो नेता चयन गर्न कक्षा ३ देखि कक्षा १० सम्मका १५६० विद्यार्थीमध्ये १४३५ जनाले मतदान गरेका थिए । नेतृत्वको लागि ९ जना विद्यार्थी उम्मेदवार प्रतिष्पर्धामा थिए ।
हेडब्वायका उम्मेदवारहरू ओजस्वी कर्णले १५१ मत, कौशलकुमार जयसवाल ६१ मत र निखिल दासले १९४ मत ल्याउँदै पराजित भए । त्यस्तै हेर्ड गल्र्सको लागि प्रतिष्पर्धीहरू रिसिका आचार्य ३३६ मत, कृष्टिना श्रेष्ठ १६३ मत, ऐश्वर्या थापा १७६ मत र अंकिता गेलालले ९४ मतका ल्याए ।
एक वर्षसम्म विद्यालयका सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै उनीहरुको हकहितमा विद्यालय प्रशासनसँग जोडिएर भूमिका निर्वाह गर्ने स्कूलले जनाएको छ । नेतृत्व चयन गर्ने निर्वाचन मुख्य अधिकृतको भूमिका निर्वाह गरेका विद्यालयका माध्यामिक तह इञ्चार्ज भोजकुमार श्रेष्ठका अनुसार निर्वाचनको बिधि अपनाएर गरिएको मतदान प्रक्रियाले विद्यार्थीहरुमा नेतृत्व विकास गर्ने र मतदान प्रक्रियाका बिषयमा पूर्ण जानकार बनाउनेछ ।
निर्वाचन कसरी गर्ने भन्ने सवालमा प्रयोगात्मक रुपमा सिकाउन यो विधि अपनाएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीको विश्वास छ । यसले मतदाता शिक्षामा पनि सघाउ पुग्नेछ ।