एम्सको वादविवादमा दीपशिखा प्रथम

विराटनगर । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।

कलेज परिसरमा बिहीबार प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् ।

यस्तै द्वितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलाप अन्तर्गत कलेजले प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकहरूमा प्याब्सन मोरङका अध्यक्ष सीतला सुब्बा र शिक्षक रबि रोका रहेका थिए । प्रतियोगितामा कलेजका प्रबन्धक निर्देशक टिकाराम पुरीको पनि सहभागिता रहेको थियो ।

शुक्रबार, १३ जेठ, २०७९, दिउँसोको ०२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर