कार्यालय सहयोगी देखी वडाध्यक्ष सम्म

विराटनगर । कार्यालय सहयोगी भएर काम गरेका व्यक्तिलाई सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नं. ८ मा निर्वाचित वडाध्यक्ष चन्द्रबहादुर गुरुङ सोही वडामा पाँच वर्ष सम्म कार्यालय सहयोगी पदमा काम गरे ।

वडाध्यक्ष गोकर्णबहादुर राना मगरले गुरुङलाई कार्यालय सहयोगी पदमा नियुक्त गरेका थिए ।

उनी कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडाध्यक्षको निर्वाचनमा होमिएका थिए ।कार्यालय सहयोगी हुँदा चन्द्रबहादुरले वडा अध्यक्षले गर्ने केही काम समेत सिकेका थिए ।झाडु लगाउने, भुईँ पुछ्ने देखि सिफारिस बनाउने समेतका काम सिकेको उनी बताँउछन ।

चन्द्रबहादुर वडाध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा पुगेको भन्दै स्थानीय खुसी भएका हुन् ।

उनलाई जनमतले कार्यालय सहयोगीको कुर्सी देखी वडाध्यक्षको कुर्सीसम्म पुर्‍याएको छ ।

बुधबार, ११ जेठ, २०७९, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर