विराटनगरमा २५ हजार मत गन्न बाँकी, नागेशलाई ५५ सयको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा २५ हजार ३९८ मत गन्न बाँकी हुँदा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका कांग्रेसका नागेश कोइराला ५ हजार ५४१ मतले अगाडि बढेका छन् ।

अहिलेसम्ममा विराटनगरमा खसेको मत ८९ हजार ६७८ मतमध्ये ६४ हजार २८० मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २० हजार ९७५ र एमालेका सागर कुमार थापालाई १५ हजार ४३४ मत खसेको छ ।

जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ६ हजार ४७७ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रल्हाद साहले ४ हजार १७ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले १७ हजार ८७९ सहित अग्रता कायम गरेकी छन् । गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १० हजार ३९४ मत मात्र पाएका छन् । उपमेयरमा राप्रपाकी बिन्दाकुमारी लुइटेलले ४ हजार ८६६ र स्वतन्त्र उम्मेद्वार नमिता न्यौपानेले ३ हजार ७८९ मत प्राप्त गरेका छन् ।

जेष्ठ ५, २०७९, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर