बिर्तामोड । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन् ।
साहले एमालेका गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतले पराजित गरे । साहले ६ हजार ९९८ मत पाए भने निकटतम प्रतिद्वन्द्वी राजवंशीले ४ हजार ३६५ मत मात्र पाए ।
उपाध्यक्षमा पनि कांग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी हुन् । उनले एमालेकी देवीमाया अधिकारीलाई १ हजार ४९७ मतले पराजित गरिन् । थपलियाले ५ हजार ८६८ मत पाइन भने निकटतम प्रतिद्वन्द्वी अधिकारीले ४ हजार ३७१ मत मात्र पाइन् ।
सीमावर्ती पालिकाको ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जितेको छ । पालिकाको दुर्इ वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।