गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

नेकपा एसका मेयर पदका उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् ।

वाइबाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् । सो नगरपालिकामा अघिल्लो पटक एमालेबाट वाइबाले नै जितेका थिए ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।

जेष्ठ ५, २०७९, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर