विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका सागर थापाले १४ हजार ३३८ मतसहित कोइरालालाई पछ्यारहेका छन् । राप्रपाका प्रल्हाद साहले ३ हजार ७ सय मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार १८७ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले १६ हजार ५५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । जसपाका अरमेन्द्र यादवले भने ९ हजार ८१५ मत ल्याएका छन । राप्रपाकी विन्दाकुमारी लुर्इटेलल ४ हजार ४९३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले भने ३ हजार ५४९ मत ल्याएकी छन् ।
विराटनगरमा ८९६८९ मत खसेकोमा अहिलेसम्म ५९८३० मत गणना भइसकेको छ ।