हस्ताक्षरविनाको मतपत्र भेटिएपछि विराटनगर १२ को मतगणना रोकियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना रोकिएको छ ।

गणनाको क्रममा १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको भन्दै एमालेका प्रतिनिधिले बहिस्कार गरेपछि मतगणना स्थगित भएको हो ।

समस्या समाधानको लागि मुख्य निर्वाचन असधकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेम बुढाथोकिले बताए । एमालेका प्रतिनिधिहरुले भने प्रशासन लगाएर जवरजस्ती गर्न खोजेको आरोप लगाएका छन् ।

मगगणना स्थलबाट बाहिर निस्किए हत्कडी लगाउनेसम्मको धम्की आएको एमाले प्रतिनिधिको भनाइ छ । विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको हो । १३ मध्ये ८ वटा एमालेका २ वटा काँग्रेसका ३ वटा भोट जसपालाई परेको थियो । वडामा जसपाको अग्रता रहेको छ ।

विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।

जेष्ठ ५, २०७९, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर