विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरमले जितेको बुढीगंगाको अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर र उपाध्यक्षमा कांग्रेसकै निवर्तमान उपाध्यक्ष अमृताकुमारी गच्छदार निर्वाचित भएकी हुन् ।
थापाले एमालेका उम्मेदवार बलभद्र सरदार थारूलाई ४१९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भए । थपाले ८ हजार २९९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सरदारले ७ हजार ८८० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित गच्छदारले ९ हजार ५० मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसीकुमारी कुँवरले ६ हजार २२३ मत प्राप्त गरिन् ।
बुढीगंगामा कांग्रेसले वडा नम्बरहरू १, २, ३, ४ र ६, माओवादी केन्द्रले वडा ५ र एमालेले वडा नम्बर ७ को अध्यक्ष जितेको छ ।