पाँचथरको फिदिममा कांग्रेस र माओवादी विजयी

पाँचथर । पाँचथरको एक मात्र नगरपालिका फिदिमको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका मित्रप्रसाद काफ्लेले एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार भएका एमालेका पृथ्वी लावतीलाई ६०१ मत अन्तरले मेयरमा पराजित गरेका हुन् । काफ्लेले ९ हजार ६२८ मत पाँउदा लावतीलाई ९ हजार २७ मत प्राप्त गरे ।

उपमेयरमा माओवादीका न्यौपानेले राप्रपाका जगत थापा मगरलाई ३ हजार १९५ मतको फराकिलो मत अन्तरले पराजित गरे । न्यौपानेले उनले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाए ।

जेष्ठ ४, २०७९, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर