विराटनगर । नेपाली कांग्रेसको गढ मानिएको मोरङको सुनवर्षि नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका श्यामप्रसाद राजवंशी ८ हजार ३३९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९५२ मत ल्याउँदै विजयी भएका हुन् ।
राजवंशी गत चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भई निकटतम् प्रतिद्वन्दी भएका थिए । त्यसबेला मेयरमा काँग्रेसका कालिप्रसाद दास विजयी भएका थिए । राजवंशी माओवादीबाट एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।
उपमेयरमा पनि एमालेकै मिरादेवि दास केवरतले ८ हजार ३८३ मतसहित विजयी भएका छन् । काँग्रेसकी विमलादेवि केवरतले ७ हजार ४२७ मत ल्याएकी छन् ।
सुनवर्षिमा अघिल्लो चुनावमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो । पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको प्रभाब रहेको मानिने सो क्षेत्रमा पहिलो पटक एमालेले जितेको हो । साविकका अमरदह गाविस, डाइनिया गाविस र गोविन्दपुर मिलाएर सुनवर्षि बनाइएको थियो ।