भरतपुरमा १७ सय मतले रेनु अगाडि

चितवन । चितवनको भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पारेकी छन् ।

पछिल्लो गणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा रेनु १७१२ मतले अगाडि छन्।

महानगरको २७ हजार ४३८ मत गन्दा रेनुले ९९७० मत पाएकी छन् भने विजयले ८२५८ मत पाएका छन् । यस्तै बागी उम्मेदवारी दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४५०४ मत पाएका छन्।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ११ हजार ९५६ मत पाएका छन् । यता राप्रपाका हिमाल गुरूङले भने ६७४२ मत पाएका छन् ।

जेष्ठ ४, २०७९, बिहानको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर