विर्तामोड । झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन्।
काँग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवार भएका राजवंशीले ११४५७ मत ल्याई गाउँपालिकाका निवर्तमान अध्यक्ष रहेका राप्रपाका अन्जरा आलमलाई पराजित गरेका हुन् र आलमले ६६६७ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाटै एमालेका उम्मेदवार नवराज भट्टराई निर्वाचित भएका छन्। उनले ८१४३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६८०२ मत ल्याएकी छन्।