ओलीको गृहनगरमा को अगाडि ?

विराटनगर । झापाको दमक नगरपालिकामा एमालेले महागठबन्धनका उम्मेद्वार राम थापाको मतअन्तर घटाउँदै लगेको छ ।

दमक नगरपालिकाको १, २, ३, ९ र १० नम्बर वडाको अन्तिम मतपरिणाम अनुसार थापाले ९ हजार १ सय ७२ मत बनाएका छन् । एमालेकी उम्मेद्वार गीता कुमारी पौडेल अधिकारीले भने ९ हजार २ मत बनाएर थापालाई पछ्याउँदै छिन् ।

गठबन्धनकै उपप्रमुखकी उम्मेद्वार कांग्रेसकी रेगिना भट्टराईलाई भने एमालेका उपप्रमुखका उम्मेद्वार अम्बिका प्रसाद खनालले उछिनेका छन् । खनालले ८ हजार ९ सय ५० मत पाउँदा भट्टराईले ८ हजार ८ सय ७ मत बनाएकी छिन् ।

दमकमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपाको संयुक्त गठबन्धनबाट प्रमुखमा थापा उम्मेद्वार बनेका छन् भने उपप्रमुखमा कांग्रेसकी भट्टराई उठेकी छिन् । एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा महागठबन्धनको सामना एमालेले भने एक्लै गरिरहेको छ ।

जेष्ठ ३, २०७९, रातीको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर