विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीका सदस्य जीवन आचार्यले मोरङको सुन्दर हरैंचा नगरपालिकालाई एक सय बोरा चामल उपलव्ध गराउनुभएको छ ।
स्थानीय पार्टी कमिटी मार्फत आचार्यले नगरपालिकालाई २५ किलो दरको सय बोरा चामल उपलव्ध गराउनुभएको हो ।
मुलुक दश दिनदेखि लकडाउनको अवस्थामा रहेको र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्नहरुको घरमा खानेकुरा सकिदै गएको अवस्थामा आचार्यले राहातका लागि चामल उपलव्ध गराउनुभएको हो ।
सुन्दर हरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाललाई उपलव्ध गराएको चामल समस्यामा रहेका मजदुर तथा विपन्नहरुलाई उपलव्ध गराउने छ ।
चामल हस्तान्तरणका क्रममा स्थानीय पार्टी कमिटीका सहइन्चार्ज नवराज चापागाई, राष्ट्रिय युवा संघ नेपाल मोरङका इन्चार्ज इश्वरी आचार्य लगायतको उपस्थिती रहेको थियो ।