विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार राजमति इङ्नाम अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी इङ्नाम ८९७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनले नेपाली काँग्रेसका सन्जय भट्टराईलाई पराजित गरेकी छन् । भट्टराईले ५८४६ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ९५७० मत प्राप्त गर्दा काँग्रेस उम्मेद्वार मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन् ।
कानेपोखरीका ७ वडामध्ये १ र ४ बाहेक सबै वडामा एमालेका उम्मेदवारले जितेको छन् ।
एमालेले २, ३, ५, ६ र ७ वडा एमालेले प्यानलै जितेको छ । यसअघि कांग्रेसले जितेको कानेपोखरी ३ नम्बर वडामा पनि एमालेका उम्मेदवार गोपाल कार्कीले वडाअध्यक्षसहित प्यानल नै जितेका छन् ।
कानेपोखरी १ काँग्रेसका रत्नबहादुर कार्कीले ११०८ मत, २ मा एमालेका सुशिल बुढाथोकीले १८६४ मत, ३ मा एमालेकै गोपालबहादुर कार्कीले ७७५ मत ल्याएर निर्वाचित भएका छन् । ७ नं. वडामा अघिल्लो स्थानीय तहमा काँग्रेसले जितेको वडा हो । यस्तै ४ मा काँग्रेसका रमेश राउतले १३१४ मत ल्याएर निर्वाचित भएका छन् । अघिल्लो स्थानीय तहमा ४ एमालले जितेको थियो ।
यस्तै ५ मा चरण गुरूङ्गले १६२७ मत, ६ मा एमालेकै खड्गबहादुर बस्नेतले १६६४ मत र ७ मा एमालेकै मोहनप्रसाद अधिकारीले १३२८ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् ।