विराटनगर ।विराटनगर महानगरपालिकाको ६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । ती वडाको मतपरिणाम अनुसार एमालेलाई शुक्ष्म अन्तरघात भएको देखिन्छ । ६ वटा वडामध्ये ३ वटा वडा एमालेले जितेको छ भने कांग्रेस, जसपा र स्वतन्त्रले १/१ वडा जितेका छन् ।
एमालेका महानगर प्रमुखलाई झरेको मतभन्दा वडाध्यक्षलाई झरेको मत धेरै देखिएको छ । जस्तो १ नम्बर वडामा एमालेले जितेको छ । एमालेका काजीबहादुर बस्नेतले १९०० मत ल्याउँदा प्रमुखका उम्मेद्वार सागर थापाले सो वडाबाट १६७४ मत मात्रै पाए ।
वडा नम्बर २ मा पनि एमालेका कुमार पोखरेल निर्वाचित भए । पोखरेलले वडाध्यक्षमा १३१२ मत ल्याउँदा प्रमुख पदमा थापाले १०३५ मत मात्रै पाएका छन् । एमालेले नै जितेको वडा नम्बर १९ का वडाध्यक्षमा श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी बन्दा मेयरमा थापाले ९८८ मत पाएका छन् ।
यस्तै कांग्रेसले जितेको वडा नम्बर १६ मा वडाध्यक्ष उद्धब भुजेलले ७५२ मत ल्याउँदा कांग्रेसबाट महानगर प्रमुखका उम्मेद्वार नागेश कोइरालालाई भने ८०८ मत पाएका छन् । विजयी भएका वडाध्यक्षहरुले ल्याएको सबै मत जोड्दा एमालेको ५ हजार ९८० मत पुग्छ । तर, प्रमुख पदका उम्मेद्वार थापाले ती वडाबाट ६६१ कम अर्थात् ५ हजार ३ सय १९ मत मात्रै पाएका छन् ।
कांग्रेसका वडाध्यक्षहरुले ल्याएको मत ५ हजार ३ सय ९ हुँदा प्रमुख पदमा उठेका कांग्रेसका नागेश कोइरालालले भने काँग्रेसका वडाध्यक्षको भन्दा १ हजार ६४२ मत धेरै ल्याएका छन् । उनले ती वडाबाट ६ हजार ९५१ मत पाएका छन् । एमालेले जितको वडाहरुमा पनि थापाको भन्दा कोइरालाको मत धेरै आएको छ ।
जित्ने अवस्थाको निर्वाचनमा एमालेका थापाले हार्नुका कारणबारे खोजी सुरु भएको छ । ‘हामीले मुख्य गरी तीन कारणले चुनाव हारेको प्रारम्भीक विश्लेषण गरेका छौं,’ एमालेका एक नेताले भने, ‘पहिलो कारण थापाका लागि एमालेका माथिल्लो तहका नेताहरु निर्वाचनमा हिँडेनन् र सहयोग पनि गरेनन्, दोस्रो कारण भनेको थापालाई आर्थिक अभाव भयो ।’ नेता विनाद ढकालमा पैसा संकलन भएको भएपनि खर्च नगरेको ती नेताले बताए ।
तेस्रो कारण भनेको वडा–वडामा टाउको काटेर भोट हाल्ने अभियान पार्टी भित्रबाटै चलाइयो । चुनावी अभियानमा ढकालसहित केन्द्रीय सदस्य जीवन घिमिरेलगायतले सहयोग नगरेको र पर्शुराम बस्नेतसहितले त अन्तरघात नै गरेको दावी थापा निकट नेताहरुले लगाउन थालेका छन् ।
थापाइतरका नेताहरु भने वडाध्यक्षहरु आफ्नो स्थानमा लोकप्रिय भएकोले उनीहरुले मेयरको भन्दा धेरै मत प्राप्त गरेको दावी गरेका छन् । त्यसो त वडाध्यक्ष मात्र नभएर एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराला कार्कीले पनि थापाको भन्दा धेरै मत पाएकी छन् । कार्कीले ६ वडाबाट ६०८१ मत प्राप्त गरेकी छन् । जुन मत थापाको भन्दा ७६२ बढि हो ।
एमाले वडा अध्यक्ष लाई जिताउने काङ्ग्रेसहरुले नै भोट हालेका हुन सागर जि ।
जनता लाई कर लादने एमाले , भ्रष्टाचारी एमाले को पत्ता साफ भकै राम्रो।
जनता लाई कर लादने एमाले , भ्रष्टाचारी एमाले को पत्ता साफ भकै राम्रो।