धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमालेका चिन्तन तामाङ विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई दोस्रो पटक पछि पार्दै तामाङ मेयरमा निर्वाचित भएका हुन् । तामाङले ७६६६ मत प्राप्त गर्दा राईले १४ मत कम ७६५२ मत प्राप्त गरे। २०७४ सालको निर्वाचनमा पनि तामाङले राईलाई पराजित गरेका थिए ।
उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित भएकी छन् । उनले ७१९६ मत प्राप्त गरिन्। माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गरे।
धनकुटा नगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धन थियो ।